Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयको परिचय 2080-10-15

कार्यालयको परिचय

नेपालको संविधान जारी भई गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी प्रदेशमा विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको मिति २०७५/०७/०६ गतेको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी  जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय,नवलपरासी(ब.सु.पू) विधिवत रुपमा मिति २०७५/०७/११ गतेदेखि संचालनमा आएको हो । नवलपरासी(ब.सु.पू) जिल्ला  भित्रका ८ स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल, झोलुङ्गे पुल, भवन निर्माण  तथा मर्मत र जनता आवास कार्यक्रम सम्वन्धी कार्य गर्ने गर्दछ ।  पूर्वाधार विकास कार्यालय, नवलपरासी(ब.सु.पू) कावासोती नगरपालिका-३ रहेको छ ।

दृष्टिकोण, लक्ष्य र उद्देश्य

  • सडक यातायातमा सहजिकरण गरि प्रत्यक्ष जनता लाभान्वित हुने ।
  • सडक निर्माण सुधार गरि आवधिक मर्मत तथा निमार्ण कार्य गर्ने ।
  • आफ्नो कार्य भित्र योजना तथा कार्यक्रम बमोजिम लक्ष्य हासिल गरी उद्देश्य प्राप्त गर्ने ।

 शाखाहरु

  • प्राविधिक शाखा
  • लेखा शाखा
  • प्रशासन शाखा /स्टोर शाखा


पछिल्लो अपडेट गरिएको : 2083-05-04 22:47:44

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

Powered By: ProActive Developers